एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

Aadil Times 1+ समाचार ( )
१ माघ २०७९

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ ।

दाहाल ओलीलाई भेट्न सोमबार बिहान भक्तपुरस्थित ओली निवास बालकोट पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल प्रतिनिधि सभामुखको सभामुख चयन,मन्त्रिपरिषद्को पूर्णता र समसामयिक राजनीतिक विषय लगायतमा छलफल गर्न ओली निवास पुग्नु भएको हो ।

प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन ।

तर दाहाललाई प्रधमामन्त्रीमा समर्थन गर्दा एमालेले सभामुख लिने सहमति भएको कतिपय एमाले नेताहरुको दाबी छ । त्यसैगरी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । 

पुस ११ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएका दाहालले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । तर मन्त्री भएका ४ जनाले अझै मन्त्रालय पाएका छैनन् । 

प्रतिक्रिया