मलेसियाका गृहमन्त्री तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगे

Aadil Times 1+ समाचार ( )
१९ माघ २०७९

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल तीन दिने भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

मलेसिया नेपालको प्रमुख रोजगार गन्तव्य मुलुक हो । मलेसिया र नेपालबीच फ्रि भिसा फ्रि टिकटको सम्झौता भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

नेपाल भ्रमणका क्रममा मलेसियाली मन्त्रीले उच्चस्तरीय भेटघाट गर्नेछन् । नेपाली श्रमिकलाई मलेसिया लैजाने विषयमा उनको भ्रमण केन्द्रित हुने जनाइएको छ ।


प्रतिक्रिया