रघुजी पन्तको व्यंग्य : प्रधानमन्त्री हराएकाले फेला पार्नेले संसद् भवनमा बुझाइदिनुहोला

Aadil Times 1+ समाचार ( )
३ वैशाख २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा उपस्थित नभएको भन्दै व्यंग्य गरेका छन् । 

बायोडाटासहित उनले आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै व्यंग्य गरेका हुन् ।

“नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, अस्थायी ठेगाना कहिले खुलमटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने । 

उमेर ६५ वर्ष नाघेको ७० वर्ष नपुगेको जस्तो देखिने,” उनले भने, “उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छाडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटार ।”


प्रतिक्रिया