राजेश गुप्ताले भने , मलाई नजरबन्दमा राखिएका छैन्

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

आफुलाई कसैले पनि नजरबन्दमा नराखेको र यस्तो अफवाहमा नलाग्न नेपाली काँग्रेस १ नं प्रदशका कोषाध्यक्ष राजेश गुप्ताले लाइभ न्यूज रफतारलाई बताएका छन् । 

गुप्ताले चुनावको समयमा यस्तो अफवाहमा नलाग्न मोरङ क्षेत्र नं ५(ख)का जनताहरुलाई आग्रह गर्नुभएको छ । 

स्थानीय प्रहरीले गुप्ताकै आग्रहमा उनको घरमा चुनावी गतिविधीको विषयमा जानकारी गर्न गराउन प्रहरीलाई बोलाएका थिए ।

गुप्ताले भने , प्रहरीहरु ५—७ घण्टाको समयावधिमा यहाँ आएको हो , तर स्थानीय गाँउलेहरु के—कस्तो हो भनेर आवाज मात्र उठाएका हुन् । 

यस विषयमा लाइभ न्यूजलाई जानकारी गराँउदै , प्रहरीका एक अधिकृतले भने , घटना केहि भएको छैन् , यस्लाई चुनावलाई  लक्षित मात्र बनाइएको छ । मोरङ क्षेत्र नं ५ (ख) का लागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले उमेदवारी दिएका छन् भने जनता समाजवादी पार्टीको तर्फबाट १ नं प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका जयराम यादबले उमेदवारी दिएका छन् । 

पछिल्लो समय काँग्रेस नेता राजेश गुप्ताले पार्टीको निर्देश्नलाई मान्दै खुल्ला रुपमा अमृत अर्याललाई सघाउदै आएका छन् । उनले बिभिन्न कार्यक्रमहरु समेत गई गठबन्धन दलका उमेदवाहरुका लागी मत मागिरहेका थिए । 

गुप्ताले लाइभ न्यूजलाई भने , म अमृत अर्याललाई सघाउन लागेका नेता हुँ । आज मलाई नजरबन्दमा राखेको विषयमा कुनै सत्यता नभएको बताएका छन् । 

उनले भने , हो प्रहरी मेरो घर आएको हो र स्थानीय गाँउलेहरुलाई नजरबन्दमा राखेको भान मात्र भएको बताए । 

 


प्रतिक्रिया