कार्यालय खोलेको आरोपमा पहिचानवादीबाट कुटिए वडाध्यक्ष

Aadil Times 1+ समाचार ( )
१४ चैत्र २०७९

कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्षमाथि कुटपिट गरेका छन् ।

आन्दोलनको क्रममा वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै उनीहरुले वडाध्यक्ष चिन्तामणि पौडेलमाथि कुटपिट गरेका हुन् । वडा कार्यालयमा तालबन्दी गन आएको समूहले पौड्यालमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । कार्यालय किन खोलेको भन्दै उनीमाथि हातपात भएको थियो । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले पौड्यालको उद्धार गरेको थियो ।

वडाध्यक्ष पौडेलले आफूमाथि कार्यालयमा हातपात भएको बताए । आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार