कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसमक्ष कांग्रेसको माग

Aadil Times 1+ समाचार ( )
११ जेठ २०८०

कोसी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले सरकारलाई आग्रह गरेको छ । प्रदेशसभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् ।

कोसी प्रदेश पुनः नामांकन समितिले विरोधका कार्यक्रमअन्तर्गत सांसदहरूलाई जिल्लामा हुने गतिविधिमा भाग लिन समेत अवरोध गरिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार विज्ञप्तिमार्फत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । विज्ञप्तिमा आन्दोलनकारीलाई धरपकड, कर्फ्यु, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न माग गरिएको छ ।

उक्त आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बू लाजेहाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न विज्ञप्तिमा माग गरिएको छ । यस्तै, दमकमा भएको प्रदर्शनका क्रममा घाइते भएकी निर्मला क्षेत्री लिम्बूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया