काँग्रेसबाट प्रदेश १ का मुख्यमन्त्री दावेदार उद्धव थापा निर्वाचित

Aadil Times 1+ समाचार ( )
१५ पौष २०७९

नेपाली काँग्रेसबाट प्रदेश १ क मुख्यमन्त्री दावेदार गर्दै संघबाट प्रदेशमा चुनाव लडेर निर्वाचित भएका मोरङ काँग्रेस पूर्व सभापति अमृत अर्याल काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा लज्जास्पद पराजित भएका छन् ।

पराजित भएका अर्याललाई प्रदेश १ मा ठुलो धोका भएको छ । सभापति शेरबहादुर पक्षका अर्याललाई आफ्नै समर्थक वा प्रस्तावकले समेत धोका दिएपछि उनले २ मतमा चित्त बुझाउनु परेको छ ।

तीनजना प्रतिस्प्रर्धिमध्ये झापाका प्रदेश १ का सभापित उद्धव थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । अर्का उम्मेदवार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन तथा कानुन मन्त्री केदार कार्कीले ९ मत पाए । कार्की डा. शेखर कोइराला समूहका हुन् ।

निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको सहयोग रहेको दावी छ ।

देउवा लाइनमा उभिएका अर्यालले प्रस्ताव र समर्थक मध्ये कसको मत पाएनन् भन्ने यकिन छैन । तर, उनलाई गम्भीर धोका दिइएको छ । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ थिए । समानुपातिक सांसद उनीहरुमध्ये गुरुङ गच्छदार पक्षको सांसद मानिन्छन् । गच्छदारले समेत यस पटक अर्याललाई सहयोग नगरेको भनाई छ ।

कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो । देउवा समूहले सिटौला समूहलाई सहयोग गर्दा थापाको जित सहज बन्यो भने आफ्नै पक्षका नेता अर्यालको लज्जास्पद पराजय भयो ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाएका छन् ।


प्रतिक्रिया