विराटनगरको विराटचोक सडक खण्डको घिनाघाट पुल भत्कँदा स्थानीयलाई सास्ती

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

विराटनगर–विराटचोक सडक खण्डको घिनाघाट पुल भत्किँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

केही समय अघिसम्म भत्किँएको पुलबाट जोखिमपूर्ण रुपले ओहरदोहर गर्न बाध्य सर्वसाधारणलाई अहिले पुल भत्किएपछि अझ सास्ती भएको हो ।

सो पुल २०५१ सालमा निर्माण भएको थियो । अत्यन्त व्यस्त रहने उक्त पुलबाट दिनमा हजारौँ व्यक्ति र सवारी साधन ओहरदोहर गर्ने गरेका थिए। सो पुल निर्माण भएको ३० वर्ष नपुग्दै भत्किएको छ ।

रिटेनिग वाल निर्माणका लागि फाउन्डेसन खन्दा पुल नै भत्किएको हो । प्रदेश सरकारको गौरवको योजनामध्ये एक घिनाघाट– विराटचोक ४ लेन सडकको घिनाघाट पुल भत्कदा त्यसबाटोबाट हिड्ने सवैले सास्ती खेप्दै आएका छन् ।

केही दिन अघि घिनाघाट पुलको छेउ रिटेनिङ वालका लागि माटो खन्दा पुल भासिएर भत्किएको थियो । माटो खन्दा ध्यान नपुराउँदा सरकारले ठुलो लगानीमा निर्माण गरेको पुल भत्किएको स्थानीयले बताएका छन् ।

विराटनगर-१९ का वडा अध्यक्ष श्याम घिमिरेले पुल मर्मत हुन हप्ता दिन लाग्ने र सो समयका लागि साना हल्का सवारी साधन कुद्ने गरी डाइभर्सन शिघ्र बनाइनु पर्ने बताए।

प्रतिक्रिया