विराटनगर महानगरपालिकाद्वारा छठ पूजास्थलको अनुगमन

Aadil Times 1+ समाचार ( )
११ कार्तिक २०७९


विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा छठ पर्वको तयारीका विषयमा जानकारी लिन विभिन्न नहर र खोलाको अनुगमन गरिएको छ ।मेयर कोइरालाको नेतृत्वमा शनिबार बिहान उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले छठका लागि महानगरले गरेको सरसफाई, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिंघिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहोर तत्काल हटाउन मेयर कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाई गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाई गरिदिन आग्रहसमेत गरेका थिए ।

स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाई गरेकोमा धन्यवादसमेत दिएका थिए । मेयर कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भयो ।

प्रतिक्रिया