गोपनीयताको हक उल्लङ्घन हुन लागेको भन्दै आपत्ति जनाए : गगन थापा

Aadil Times 1+ समाचार ( )
२४ चैत्र २०७९

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले हामीले गरेको कल विवरण नेपाल दूरसञ्चार प्राधिकरणमा मात्रै सुरक्षित नभएर अन्य विदेशी कम्पनीमा पनि डाटा बस्ने व्यवस्था हुन लागेको भन्दै आपत्ति जनाएका छन् ।

उनले नेपाल दूरसञ्चार प्राधिकरणले टेरामेक्स भन्ने प्रविधि कानुन निर्माण नहुँदै भित्र्याई सकेको स्मरण गराउँदै यसको कार्यान्वयनका क्रममा आउने चुनौतिकाबारेमा सरकारको ध्यानाकार्षण गराएका हुन् ।

उनले यसको आवश्यकता किन पर्यो भनी मन्त्रीसँग जवाफसमेत मागेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामेक्स भन्ने प्रविधि कानुन निर्माण नहुँदै भित्र्याई सकेको छ ।

यो प्रविधि भित्र्याएपछि यसको कार्यान्वयनमा जाँदै गर्दा एउटा व्यक्तिले अर्को व्यक्तिलाई कल गर्दै गर्दा कहाँबाट कल गर्यो र कति ड्युरेसनको कल गर्यो ? हामीले म्यासेज पठाउँदा अब म्यासेजको कन्टेन पनि नेपाल दूरसञ्चार प्राधिकरणसँग मात्रै होइन, त्यो भन्दा बाहिरको कम्पनीसँग हाम्रो डाटा गएर बस्ने भयो । यस्तो आवश्यकता किन पर्यो ? यो निर्णय किन गरियो ?’– उनले प्रश्न गरे ।


प्रतिक्रिया