स्ववियु निर्वाचन : उत्साहपुर्वक विद्यार्थी संगठन

Aadil Times 1+ समाचार ( )
२७ फाल्गुन २०७९

१४ वर्षपछि आगामी चैत ५ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनमा उत्साह देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये आज ५० भन्दा बढीमा मनोनयन दर्ता भएका छन् । केहीमा भने मतदाता विवादका कारण मनोनयन दर्ता कार्यक्रम नै स्थगित भएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पनि विद्यार्थी सङ्गठनहरूले माउ पार्टीकै अनुसरण गरेर तालमेल गरेका छन् । अधिकांश क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुबीच गठबन्धन भएको छ ।

एमालेसमर्थित अनेरास्ववियु भने एक्लै मैदानमा छ । लामो समयपछि निर्वाचन हुन लागेका कारण विद्यार्थी संगठनमा उत्साह देखिएको छ । शनिबार ५० भन्दा बढी क्याम्पसमा मनोनयन दर्ता भएको केन्द्रीय स्ववियु निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया