धरानको कार्यपालिका बैठक निरन्तर अवरुद्ध

Aadil Times 1+ समाचार ( )
२९ मंगशिर २०७९

धरान उपमहानगरपालिका कार्यपालिकाका बैठक तेस्रो पटक बिहीबार पनि हुन सकेन । गएको असोजमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कार्यपालिका सदस्यहरूले बैठकमा सहभागी नहुने अडान लिएकाले पनि बैठक बस्न नसकेको हो । मेयर साम्पाङले भने आफूले माफी माग्नुपर्ने गरी केही नबोलेकोले माफी नमाग्ने अडान राख्दै आएका छन् ।

उक्त एजेन्डासहित मेयर साम्पाङको नयाँ योजना सांस्कृतिक पार्कको एजेण्ड पनि अलपत्र परेको छ । धरान स्थापना भएको पहिलो वर्षको स्मृतिमा मनाइँदै आएको वार्षिकोत्सव ‘धरान डे’ यसपालि पनि मनाउन बैठकमा प्रस्ताव थियो । पुषको पहिलो हप्ता धरान डे मनाइने गरिन्छ   उक्त एजेन्डा सहित कुल ७ वटा एजेन्डा बैठकका लागि तय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यपालिकाको बैठक लगातार बस्न नसक्दा मेयर साम्पाङको एजेण्डाहरु अलपत्र परेका छन् । बिहीबारका लागि बोलाइएको बैठकको मुख्य एजेन्डा नगर सभा सम्बन्धमा थियो । चालु आर्थिक वर्षको मध्यमा बोलाइने नगर सभामा बजेट खर्चको समीक्षा गरिन्छ  नगर विकास योजनाका प्राथमिकताहरू अनुसार बजेट रकमान्तरका प्रस्तावहरुसमेत प्रस्तुत हुने भएकाले उक्त एजेन्डा महत्वपूर्ण मानिन्छ ।



























प्रतिक्रिया