वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

Aadil Times 1+ समाचार ( )
१९ चैत्र २०७९

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष पदका उमेद्धार अञ्जन श्रेष्ठलाई सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो । 

प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरिएको जनाइएको छ ।

महासंघमा चैत २८ र २९ गते आयोजना हुने ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष चयन हुन्छन् ।

विधानअनुसार २९ चैतमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वत अध्यक्ष हुँदैछन् ।

यो साधारणसभाले चयन गर्ने वरिष्ठ उपाध्यक्ष स्वत अर्को कार्यकालका लागि अध्यक्ष चुनिले भएकाले वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा तिब्र छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि अञ्जन श्रेष्ठसहित पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्ष रामचन्द्र सांघाई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया