प्रधानमन्त्री देउवाले गरे मतदान

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका उनले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका छन ।

सो क्षेत्रबाट सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले गृह जिल्लामा पुगेर मतदान गरेका हुन ।

एक प्रतिनिधिसभा क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया