शेयर बजारमा १७ अंकको वृद्धि

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

नयाँ बर्षको पहिलो दिन पनि शेयर बजार सकारात्मक रह्यो ।

नेप्सेमा दोहोरो अंकको सुधार जारी रहँदा कारोबार समेत उच्चदरले बढेर ४ अर्ब नाघ्यो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर २ हजार ४६ पुग्यो । मध्यान्ह १२ बजे २१ सय नजिक सम्म पुगेको नेप्से अपरान्ह केही शिथिल भएको हो ।

यस दिन विकास बैंक र वित्त समूह नगन्य अंलके रातो रहेबाहेक अरु सबै समूहमा हरियाली छायो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ३ प्रतिशत बराबर वृद्धि आयो । अंकका आधारमा पनि जीवन बीमा समूहमा ३ सय अंक बढीको वृद्धि आउँदा निर्जीबन बीमा समूह पनि डेढ सय अंक बढीले बढ्यो ।

बाँकी पनि बढीजसो समूह दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६१ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय २१ कम्पनीको मूल्य उकालो लाग्दा ८७ को घट्यो ।

यस दिन पनि सृजनशील लघुवित्त, खप्तड लघुवित्त लगायत करिब आधा दर्जन कम्पनीका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाए ।


प्रतिक्रिया