तोलामा १६ सयले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेर एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया