माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ ।>
पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या गरेकाे अवस्थामा बोराभित्र शव भेटिएको हाे ।>
स्थानीय नरसिंह चाैधरिकाे घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको माेरङ प्रहरिका प्रबक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा माेरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहलकाे नेतृत्वमा टाेली परिचालन भएकाे छ ।
>
प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको छ ।>>