विराटनगर बजारमा एकतर्फी पार्किङ हुनुपर्ने व्यापारीहरुको माग

Aadil Times 1+ समाचार ( )
२३ चैत्र २०७९

विराटनगरका व्यापारीहरुले एकतर्फी पार्किङ सुविधा दिन महानगरपालिकासँग माग गरेका छन् । उनीहरुले विराटनगर महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै एकतर्फी पार्किङ सुविधाको माग गरेका हुन् ।

आज खुद्रा व्यापार संघको अगुवाईमा व्यापारीहरुले महानगरपालिकाले पार्किङ निषेध अभियान सुरु गर्नु भन्दा पहिले जसरी नै एकतर्फी रुपमा सडकको एक तर्फ पार्किङ सुविधा दिन माग गरेका हुन् ।

उनीहरुले महानगरसँग विभिन्न ५ बुदे माग अघि सारेका छन् । विराटनगरको भित्रि बजारमा वान वे बनाउनुपर्ने, भारतीय जोगबनी बजारबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल लिनुपर्ने, बैंकको ब्याज दर पुरानै कायम हुनुपर्ने र अनुगमनको नाममा व्यापारीलाई दिने पिडा बन्द गर्नुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार