सुदूरपश्चिम प्रदेशमा फेरि देखिन थाल्यो कोरोना संक्रमण

Aadil Times 1+ समाचार ( )
२ चैत्र २०७९

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना संक्रमितको संख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना परीक्षण गरिएको थियो । कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।

निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए ।

प्रतिक्रिया