प्रधानमन्त्री प्रचण्डले भने - नेपाल संसारकै लागि खेलकुदको उत्कृष्ट हब हुने ठाउँ हो

Aadil Times 1+ समाचार ( )
१८ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संसारकै लागि खेलको उत्कृष्ट हब हुनसक्ने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत स्पष्टता ल्यान सकेमा नेपाल अन्तराष्ट्रिय स्तरमा खेलकुदको हब हुनसक्ने बताएका हुन् ।

‘हिमाल, तराईदेखि पहाडसम्म सबैतिर संरचना निर्माण गर्न सक्ने हो र भौतिक पूर्वाधारको विकास गर्ने हो भने नेपाल संसारकै निम्ति अन्तराष्ट्रिय स्तरमा खेलको हब हुने ठाउँ हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, खेलकुदलाई संस्थागत रुपमा अगाडि बढाउनेतर्फ आफ्नो प्राथमिकता रहेको पनि उनले बताए ।

प्रतिक्रिया