सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले दुईमहिने राजनीतिक अभियान चलाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
>
माओवादीका प्रवक्ता कृष्णबहादुर महराले आफूहरू यही माघ २६ गतेदेखि फिल्डमा जाने जानकारी दिए । फिल्डको रिपोर्टिङ गर्ने उनको भनाइ छ ।
>
यस्तै, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूसित मात्र नभई कार्यकर्ता, जनस्तरबाट समेत राजनीतिक सुझाव संकलन गरिने बताए । सोअनुसार अघि बढ्ने उनले उल्लेख गरे ।
>
>>