अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एकजना घाइते

Aadil Times 37+ समाचार ( )
१९ आश्विन २०८०

अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोहनपानीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरिँदा घाइते भएका ४ जनामध्ये  तीन जनाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

मृत्यु हुनेमा १० वर्षका धनबहादुर रास्कोटी, ११ वर्षकी मञ्जु रास्कोटी र १२ वर्षका खुमबहादुर रास्कोटी छन् । 

घटनामा घाइते भएका १४ वर्षका सचिन रास्कोटीलाई उद्धार गरी पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

पाणिनि गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया