नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
>
निर्वाचन परिचालन समितिको प्रमुख कमाण्डरमा सुदीप नगरकोटीलाई तोकिएको हो । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुनुहुन्छ । उक्त क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटीलाई तोकिएको छ ।
>
उपरकोटी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता समेत हुनुहुन्छ ।
>
>>