भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल

Aadil Times 1+ समाचार ( )
२४ मंगशिर २०७९

सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।

मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई ‘आतंकवाद, देशद्रोह र आपराधिक षडयन्त्र’ को आरोपमा दोषी ठहराइएको उनीहरुका परिवारले बताएका छन् ।

आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् । ४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।


प्रतिक्रिया