६७ रन बनाएर आउट भए भीम सार्की, नेपाललाई पाँचौँ झड्का

Aadil Times 1+ समाचार ( )
२ चैत्र २०७९

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । सार्की ६७ रन बनाएर आउट भएका हुन् । सार्कीले ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।

यसअघि नेपालका कुशल भुर्तेल ३५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ आउट हुँदा आशिफ शेख खाता नै नखोली पभिलियन फर्किएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

प्रतिक्रिया