कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थामा सुधार

Aadil Times 1+ समाचार ( )
६ फाल्गुन २०७९

ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यसम्बन्धी सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।

नेता भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।



प्रतिक्रिया