तीन मन्त्री र एक राज्यमन्त्री भागमा :शेखर र गगनको ब्रिफिङ

Aadil Times 1+ समाचार ( )
३० चैत्र २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी आफू पक्ष्का सांसदहरुलाई गराएका छन् ।

बिहिबार नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भएको आफ्ना पक्षका सांसदहरुको छलफलमा नेता कोइराला र नेता थापाले उक्त जानकारी गराएका छन् । कोइराला र थापा समूहबाट उपसभापति धनराज गुरुङ,जीवन परियार, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य लगायतका नेताको नाम मन्त्रीका लागि चर्चामा छ ।

मन्त्रीका विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल भइरहेको नेताहरुले ब्रिफिङ गरेका थिए । छलफलमा उपनिर्वाचनका विषयमा पनि महामन्त्री थापाले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया