राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितको धर्ना कार्यक्रममा सहभागी भएका छन् । बालुवाटारमा आज बिहानैदेखि मिटरब्याज पीडित धर्नामा छन् ।
>
सो धर्ना कार्यक्रममा पुगेका लामिछानेले समस्या समाधानको पहल गर्ने बताए ।>
म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु ।
>
लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए । साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो ।
>
उनीहरूको माग सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।>>