घट्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
११ फाल्गुन २०७९

 शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज सुनको मूल्य १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा शुक्रबार १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया