नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक :संयुक्त राष्ट्रसंघ

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलामा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरूको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरूका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन् ।

उनले यहाँका ५ लाखभन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताए । उनीहरूका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरुसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए ।


प्रतिक्रिया