एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

Aadil Times 1+ समाचार ( )
१६ माघ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

न्युल्याण्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेकी थिइन् । उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार