पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा चैत्र २० हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।
>
नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसंगको छलफलबाट अभिनन्दन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताए।
>
बढ्दो राजनीतिक वितृष्णासँगै इनरुवावासिले पहिलोपटक पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा गरेसँगै कार्यक्रम हुन लागेको उनको भनाइ छ।
>
पछिल्लो केहीमहिनादेखि पूर्वराजा शाह झापामा रहँदै आएको बताएका दाहालले इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने जानकारी दिए।
>
इनरुवाको खेल मैदानमा हुने सो कार्यक्रमका लागि शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुदै पुग्ने कार्यक्रम रहेको छ।
>>