उद्योगी–व्यवसायीको आन्दोलन चुनाव सम्म स्थगित

Aadil Times 1+ समाचार ( )
२५ कार्तिक २०७९

विराटनगर । ब्याजदर वृद्धिलगायत विषयलाई लिएर निजी क्षेत्रले विराटनगरलगायत देशभरि गर्दै आएको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ ।बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्दै आएका थिए । महासंघले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव हुन गइरहेकाले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न भनेको हो ।

बैंकहरुले चर्को ब्याज असुलेको भन्दै विराटनगर, दाङ, बुटवल, काठमाडौंलगायत मुख्य सहरमा व्यवसायीले प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया