रुसी सेनाले खेरसनमा आधारभूत पूर्वाधार ध्वस्त पार्‍योःराष्ट्रपति जेलेन्स्की

Aadil Times 1+ समाचार ( )
२७ कार्तिक २०७९

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ ।

रुसी सेनाले सोही शहरका महत्वपूर्ण पूर्वाधारहरु बिजुली, पानी र संचार संरचनाहरु ध्वस्त पारेको उहाँको आरोप छ । रुसले गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसन छोडेपछि त्यहाँका जनतामा केही हदसम्म खुशीयाली छाए पनि बिजुली र पानीको अभावमा दैनिकी कष्टकर रहेको छ ।

युक्रेनी सेनाले सोही क्षेत्रका ६० भन्दा बढी बस्तीहरु पुनः नियन्त्रणमा लिन सफल भएको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनले स्थलगत रुपमा युद्ध जितेको दावी गर्दै आगामी दिनमा रुसलाई हराई छोड्ने दावी गर्नुभयो । यता अमेरिकाले खेरसन क्षेत्र पुनः युक्रेनको नियन्त्रणमा आउनुलाई असाधारण जित भनेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षाका सल्लाहकार जेक सुलिभानले युक्रेनी सेनाको सीपका कारण रुसी सेना खेरसन छोड्न बाध्य भएको तर्क गर्नुभएको हो ।

प्रतिक्रिया