राष्ट्रपति उम्मेदवार १३ गते सार्वजनिक गर्छौं :अध्यक्ष ओली

Aadil Times 1+ समाचार ( )
७ फाल्गुन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।

त्यस्तै, ओलीले राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताएका छन । अध्यक्ष ओलीले सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गरे ।


प्रतिक्रिया