कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने

Aadil Times 1+ समाचार ( )
२२ फाल्गुन २०७९

रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको छ ।

यो वर्षदेखि कोरियाले १६ देशलाई निश्चित कोटा नछुट्याई छिटो श्रमिक आपूर्ति गर्ने मुलुकबाट धेरै श्रमिक लैजाने नीति लिएको छ ।

यही नीतिअनुसार नेपालबाट पनि धेरै श्रमिक लिन लागेको हो । दक्षिण कोरियाले यही फेब्रुअरीबाट मासिक रुपमा दुई हजार युवालाई कोरिया पठाउने तयारी गर्न नेपाललाई पत्र पठाएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपालले छिटोछरितो श्रमिक पठाएको र परीक्षा पद्धतिमा समेत सुधार गरेका कारण यहाँबाट धेरै श्रमिक लैजान कोरिया सकारात्मक देखिएको बताए ।



प्रतिक्रिया