माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

Aadil Times 1+ समाचार ( )
१७ माघ २०७९

आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको र आजै प्रतिनिधिसभाको बैठक पनि भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

माओवादीको स्थायी कमिटी बैठकले पार्टीका विभागहरूलाई पूर्णता दिने र सदस्यहरूको कार्यविभाजन गर्ने तयारी रहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक भने मंगलवार बसेको थियो । उक्त बैठकमा नागरिकता विवादका कारण पदमुक्त रवि लामिछाने र उनको पार्टीलाई तत्काल गृह मन्त्रालय नदिने निर्णय गरेको थियो ।

स्वार्थ बाझिने भएका कारण सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म लामिछानेको पार्टीलाई उक्त मन्त्रालय नदिने निर्णय गरेको हो । लामिछानेले नयाँ नागरिकता भने लिइसकेका छन् । तर, उनको राहदानी दुरुपयोग सम्बन्धी विवाद कायम नै रहेको छ । त्यसमा प्रहरीले अनुसन्धान पनि गरिरहेको छ ।

आइतबार नागरिकता लिएका लामिछाने सोही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई गृहमन्त्रालय आफूले नै पाउनुपर्ने दबाब दिइरहेका छन् ।

प्रतिक्रिया