कान्तिपुर कलेजले सुरु गर्‍यो तीन दिने ‘स्पोर्टस विक’

Aadil Times 1+ समाचार ( )
१५ पौष २०७९

विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने ‘स्पोर्टस विक’ २०७९ सुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने कार्यक्रम सुरू भएको हो ।

आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुन लगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए ।

कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस विक गर्दै आएको छ । कलेजमा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद्यार्थीहरूले स्पोर्टस विकमा भाग लिएको कलेजले जनाएको छ ।


प्रतिक्रिया