बाजुरामा भूकम्पबाट ४२ घरपरिवार विस्थापित

Aadil Times 1+ समाचार ( )
१३ माघ २०७९

गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 विस्थापित भएका परिवारहरु केही आफन्तकोमा, केही त्रिपालको सहारामा र केही मन्दिरमा बास बसेको प्रहरीले बताइएको छ । त्यस्तै भूकम्पले करिब ४ सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार भूकम्पले सबै भन्दा धेरै बडीमालिका नगरपालिकामा क्षति पुगेको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । भूकम्पका कारण गौमुल–१ अम्लिसका राजदल बोहराका ३५ भेडा समेत मरेका थिए ।


प्रतिक्रिया