इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि हात पारेको छ ।
>
बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तान माथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेको हो र
>
मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए ।
>
इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।
>>