गिरिजा प्रसाद कोइराला फाउण्डेशन कोशी प्रदेश संयोजकमा राजेश गुप्ता चयन

Aadil Times 1+ समाचार ( )
१९ फाल्गुन २०७९

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले कोशी प्रदेश संयोजक र मोरंग जिल्ला संयोजक मनोनयन गरेको छ।

पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको नाममा “लोकतन्त्र, शान्ति र विकास” मूलमन्त्र राखेर खोलिएको र संचालनमा रहेको फाउण्डेशनको केन्द्रिय अध्यक्ष सुजाता कोइराला रहेकी छन् ।

२०७९/९/१ को निर्णय अनुसार २०७९/११/१८ मा जारि गरिएको पत्रअनुसार राजेश कुमार गुप्तालाई कोशी प्रदेश संयोजक र बेदमणि घिमिरेलाई मोरंग संयोजकमा २ बर्षका लागि मनोनयन गरिएको केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले बताईन्।

बिराटनगर १५ निवाशी राजेश कुमार गुप्ता नेपाली कांग्रेश कोशी प्रदेशका कोषाध्यक्ष समेत हुन् त्यस्तै मोरंग रङ्गेली नगरपालिका ७ निवासी बेदमणि घिमिरे कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार