आज रामनवमी पर्व मनाइँदै

Aadil Times 1+ समाचार ( )
१५ चैत्र २०७९

आज रामनवमी पर्व श्रद्धापूर्वक मनाइँदै छ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा श्रद्धापूर्वक रामनवमी मनाइन्छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।

जनकपुरधाम भगवानको रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । राम र सिताको जनकपुरधाममै विवाह भएको थियो ।

राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिनेछ । त्यसका लागि टाढा टाढाबाट साधुसन्तहरु आइपुगेका छन् ।

आज बिहानै साधुसन्त तथा श्रद्धालुहरूले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन् ।

प्रतिक्रिया