साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो ।
>
गत शुक्रबार मौद्रिक नीति समीक्षासंगै ओरालो लाग्दै आएको बजारमा यस दिन पनि दोहोरो अंकको गिरावट जारी रहेको हो ।
>
बजार परिसूचक नेप्से २१ अंकले झरेर २ हजार ७० मा आएर थामियो । कारोबार थप घटेर डेढ अर्ब हाराहारीमा खुम्चियो ।
>
बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५६ कम्पनीको ४७ लाख बराबर कित्ता शेयर १ अर्ब ६८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
>
पछिल्ला दिन उच्चदरले कमाउँदै आएको युनिलिभरका लगानीकर्ताले यस दिन सबैभन्दा बढी ६ प्रतिशत बराबर गुमाउँदा उत्पादनमूलक समूहमा भारी गिरावट आएको हो ।
>>