आदेश होइन कानुनको पालना गर्नू गृहमन्त्रीको निर्देशन

Aadil Times 1+ समाचार ( )
२८ पौष २०७९

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश नभएर कानुन पालना गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नुसमेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदिऊ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

गृहमन्त्री लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिएको जानकारी दिए । ‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपारी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको पनि बताए ।


प्रतिक्रिया