सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

Aadil Times 1+ समाचार ( )
२१ फाल्गुन २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट उनले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा आज उपस्थित सांसद ५२ थिए भने मुख्‍यमन्त्री शाहको पक्षमा ४१ मत पर्यो भने विपक्षमा ११ मत पर्यो। मुख्‍यमन्त्री शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दाबढी हुन आउँछ ।

केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका छन् ।

प्रतिक्रिया