अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै एमाले

Aadil Times 1+ समाचार ( )
१५ वैशाख २०८०

प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा आलीमाथि भएको आक्रमण प्रयासविरुद्ध पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै छ ।

देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज अपराह्न ४ बजे पार्टी कार्यालय च्यासलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्न लागिएको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

वैशाख १३ गते झापामा आयोजित कार्यक्रममा जाँदा ओलीमाथि ढुंगा प्रहार भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया