चुनावपछि देउवा नै प्रधानमन्त्री

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन पछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताए ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार-प्रसार समितिका संयोजकसमेत रहेका डा.महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे ।

नेकपाकालीन सरकारमा नागरिकले धेरै दुख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए ।

एमालेको घोषणापत्रमा पाँच वर्ष अगाडिकै योजना भएको भन्दै महतले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा नयाँ केही नभएको टिप्पणी गरे । उनले भने, ‘५ वर्षअघि समेटिएका पानी जहाज, पाइप लाइन ग्यास र रेलजस्ता कुराहरु कार्यान्वयन भन्दा पनि फगतमात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार