प्रदेश १ मा दुरसंचार सेवाको अवस्था सम्बन्धमा सरोकारवालाहरु बीच छलफल

Aadil Times 1+ समाचार ( )
२ पौष २०७९

प्रदेश १ मा दुरसंचार सेवाको अवस्था सम्बन्धमा सरोकारवालाहरु बीच छलफल गराउने उद्देश्यले नेपाल दुरसंचार प्राधिकरणले अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।


दुरसंचार सेवालाई सुलभ, विश्वसनीय र भरपर्दो बनाउन आयोजित सो अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले दुरसंचार सेवाको गुणस्तर सुधारकालागि अन्तर निकाय समन्वय आवश्यक भएको बताएका छन् । अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले वर्तमानमा सूचना प्रविधि अत्यावश्यक सेवा बनेकाले यसलाई सुलभ, सस्तो र गुणस्तरीय बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमंत्री राजेन्द्र कुमार राईले उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न सकिए मात्र सूचना प्र्रविधिको पहुँच पु¥याउने सरकारको उद्देश्य पूरा हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पूर्वाधारमा हुने क्षतिलाई न्यूनिकरणगर्न उपभोक्ता एवम् स्थानीय निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले सेवाप्रदायकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि दुरसंचारका सेवाहरु गुणस्तरीय हुन नसकेको धारणा व्यक्त गर्नुभयो । नेपाल दुरसंचार प्राधिकरणले आयोजना गरेको सो अन्तक्र्रिया कार्यक्रममा सेवाप्रदायकहरु, स्थानीय पालिकाका प्रमुख उपप्रमुखहरु, नेपाल टेलिकम, उपभोक्ता र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया