विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।

विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत सङ्कलन केन्द्र स्थापना गरेको हो ।

उक्त सङ्कलन केन्द्रको उद्घाटन मोरङ क्षेत्र नं. ५(२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले गरे । विराटले जनता पोलिक्लिनिकमा सञ्चालनमा ल्याएको सङ्कलन केन्द्र आधिकारिक हो ।

स्थानीय स्थरमा सङ्कलन केन्द्र स्थापना भएपछि अब विराटनगर दक्षिण क्षेत्रका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले विराटनगर १५ मा विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबको लागि सङ्कलन केन्द्र स्थापना गरेको प्रशासन प्रमुख अमित कुसहाले जानकारी दिए । ‘सङ्कलन केन्द्र विराटनगरबाट सुरु भएको छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि सङ्कलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’

विराटनगरपिछ सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र सोमबार उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । ‘विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ ।

सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले आइतबार र सोमबार स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरेल परीक्षणमा ४० प्रतिशत छुट दिने भएको छ ।


प्रतिक्रिया