किरात याक्थुङ चुम्लुङको बैठक चितवनमा

Aadil Times 1+ समाचार ( )
७ फाल्गुन २०७९

किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक आइतबारदेखि भरतपुरमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्छ भने ।

उनले भने, “सङ्घीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंंविधान कार्यान्वयनमा सहयोग पु¥याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ”

कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमायाँ लिम्बू, प्रदेशसभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोलेका थिए ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकले आगामी कार्यदिशा र आफ्ना मागका विषयमा छलफल गर्ने चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेका मध्ये चितवनमा आठ सयदेखि एक हजारबीचमा रहेका बताइएको छ । 

प्रतिक्रिया